२०८३ कात्तिक ११ गते मंगलबार

फिलिपिन्सका पूर्व राष्ट्रपति डुटेर्टे चार्टर्ड विमानमार्फत नेदरल्याण्ड्समा

फिलिपिन्सका पूर्व राष्ट्रपति डुटेर्टे चार्टर्ड विमानमार्फत नेदरल्याण्ड्समा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २८ गते बुधबार ०२:१५

राष्ट्रपतिको सञ्चार कार्यालयले डुटेर्टेको प्रस्थानको बारेमा कुनै विज्ञप्ति जारी गरेको छैन ।

काठमाडौं ।

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेलाई पक्राउ गरिएको १२ घण्टापछि मंगलवार राति नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) पुर्‍याइएको छ ।

उनका एक वकिल मार्टिन डेल्ग्राले सामाजिक सञ्जालमा गरेको पोस्टमा ७९ वर्षीय डुटेर्टेलाई हेग लैजाने सानो विमानको तस्विर देखाइएको थियो । डुटेर्टेको नजिकको सहयोगी साल्भाडोर मेडियाल्डे डुटेर्टेसँगै विमानमा चढेकाहरूमध्ये थिए ।

डुटेर्टेलाई मंगलवार बिहान पक्राउ गरी आईसीसीले जारी गरेको पक्राउ वारेन्टका कारण हिरासतमा राखिएको थियो । जुन कदममाथि डुटेर्टेले प्रश्न उठाइएकाे छ ।

राष्ट्रपतिको सञ्चार कार्यालयले डुटेर्टेको प्रस्थानको बारेमा कुनै विज्ञप्ति जारी गरेको छैन ।

प्रकाशित मिति २०८१ फागुन २८ गते बुधबार ०२:१५

हजुरको प्रतिक्रिया