२०८३ साउन २१ गते बिहीबार

साउदी अरेबियामा अमेरिका र युक्रेनबीच वार्ता

साउदी अरेबियामा अमेरिका र युक्रेनबीच वार्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २८ गते बुधबार ०२:१७

यो बैठक युक्रेनमाथि बढ्दो दबाबको बीचमा आएको छ ।

काठमाडौं ।

साउदी अरेबियाको बन्दरगाह शहर जेद्दाहमा रहेको रिट्ज–कार्लटन सम्मेलन केन्द्रमा अमेरिका र युक्रेनले वार्ता गरेका छन् ।

जहाँ अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलहरू बीच उच्चस्तरीय वार्ता भएको हो ।

बैठकको मुख्य एजेण्डा रूस–युक्रेन द्वन्द्वमा सम्भावित आंशिक युद्धविराम रहेको छ । साउदी मिडियाकाअनुसार युक्रेनले अमेरिकी समर्थन पुनः प्राप्त गर्ने उद्देश्यले रूससँग आंशिक युद्धविरामको योजना प्रश्ताव गरिरहेको छ ।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वाशिंगटनले द्वन्द्व अन्त्य गर्न युक्रेनले के सम्झौता गर्न इच्छुक छ भनेर बुझ्न चाहेको बताए ।

अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलहरू बाहेक साउदी विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार पनि बैठकमा सहभागी छन् । यो बैठक युक्रेनमाथि बढ्दो दबाबको बीचमा आएको छ ।

अमेरिकाले हालै सैन्य सहायता स्थगित गरेको छ । जसले कीभलाई रूससँग वार्ता गर्न दबाब दिएको छ ।

प्रकाशित मिति २०८१ फागुन २८ गते बुधबार ०२:१७

हजुरको प्रतिक्रिया