काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना लामाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानिकरणको अनुदान वितरणको आधार र मापदण्ड नबनाई पक्षधरलाई बाँडफाँड गरेको आरोप लगाएकी छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामाले यस्तो आरोप लगाएकी हुन् । उनले अमेरिकी सहयोग परियोजना युएस एडको अनुदान सहयोग समेत आयोगको मिलोमतोमा दुरुपयोग गरिएको आरोप लगाइन् ।
उनले युएस एडको सहयोग दुरुपपायेग गर्नमा आयोथगका पदाधिकारीको समेत संलग्नता रहेको भन्दै आवश्यक छानविन गर्न माग गरिन् ।
उनले भने, ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानिकरणको अनुदान वितरणको आधार र मापदण्ड वितरणको पक्षधरको आधारमा बाँडफाँड गर्ने गरेको बुझिएको छ । सभामुख महोदाय यस्तै आयोगको स्वीकृतिबिना युएस एडको सहयोग दुरुपयोग भएको र यसमा आयोगकै पदाधिकारी संलग्न छन् भन्ने समाचार आएको छ । यसले गैरजिम्मेवारी पन देखाइएको छ । यसमा निष्पक्ष छानविन गरी सदनमा जानकारी गराउन माग गर्दछु ।’
आयोगको संलग्नता र अनुदान वितरणको विषयमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
प्रकाशित मिति २०८१ फागुन २८ गते बुधबार ०२:३०




