२०८३ असोज २६ गते सोमबार

सरकारी जग्गा कब्जा गरेको आरोप प्रमाणित गर्न रास्वपा सांसदलाई कांग्रेस नेता केसीको चुनौती

सरकारी जग्गा कब्जा गरेको आरोप प्रमाणित गर्न रास्वपा सांसदलाई कांग्रेस नेता केसीको चुनौती

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १ गते शनिबार ०६:११

त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै केसीले आधार र प्रमाणविना रास्वपा सांसदहरूले बदनियतपूर्ण तरिकाले लाञ्छना लगाएको दाबी गरे ।

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले आफूविरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोप प्रमाणित गरेर देखाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई चुनौती दिएका छन् ।

आफ्नो निजी निवासमा आज पत्रकार सम्मेलन गर्दै नेता केसीले रास्वपा सांसदहरूलाई चुनौती दिएका हो । गएको फागुन २८ गतेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले काठमाण्डौको तारकेश्वर नगरपालिका वडा नम्बर ९ मनमैजुको सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको भनी आरोप लगाएका थिए ।

त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै केसीले आधार र प्रमाणविना रास्वपा सांसदहरूले बदनियतपूर्ण तरिकाले लाञ्छना लगाएको दाबी गरे ।

संसद्मा उठाएको विषयलाई प्रमाणित गरी कानूनतः दोषी प्रमाण गर्न कांग्रेस नेता केसीले चुनौती दिए । रास्वपा सांसदहरू खनाल र श्रेष्ठले आफ्नो चरित्र, शाख, प्रतिष्ठामाथि गरेको प्रहारलाई कानूनी उपचारको बाटो लिने उनले चेतावनी दिए ।

केसीले आफूले कानून विपरीत कुनै काम नगरेको दाबी गर्दै सडकका लागि छुट्याइएको कित्ता नम्बर ६३ को सरकारी जग्गा सरकारकै नाममा रहेको र कित्ता नम्बर ६२ आफ्नो नाममा रहेको जिकिर गरेका छन् ।

प्रकाशित मिति २०८१ चैत १ गते शनिबार ०६:११
हजुरको प्रतिक्रिया