२०८३ साउन २१ गते बिहीबार

प्रतिनिधिसभा बैठक आज बस्दै

प्रतिनिधिसभा बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २ गते आइतबार ०९:४८

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

काठमाडौं ।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवनमा बस्नेछ।

आजको बैठकका लागि तीनवटा सम्भावित कार्यसूची तय भएका छन् ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै उपप्रधानमन्त्री पौडेलले नै ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव गर्नेछन्।

यसैगरी ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित मिति २०८१ चैत २ गते आइतबार ०९:४८
हजुरको प्रतिक्रिया