२०८३ कात्तिक ११ गते मंगलबार

पाकिस्तानमा भएको आक्रमणमा ७ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा ७ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ३ गते सोमबार ०१:३८

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आईतवार अज्ञात आतङ्ककारीहरूले सुरक्षा बलको काफिलेमा आक्रमण गर्दा कम्तिमा सात जनाको मृत्यु र २१ जना घाइते भएको स्रोतले जनाएको छ । अर्धसैनिक फ्रन्टियर कोप्र्सको काफिले राजमार्गमा...

आक्रमणमा सात जनाको मृत्यु र २१ जना घाइते

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा आईतवार अज्ञात आतङ्ककारीहरूले सुरक्षा बलको काफिलेमा आक्रमण गर्दा कम्तिमा सात जनाको मृत्यु र २१ जना घाइते भएको स्रोतले जनाएको छ ।

अर्धसैनिक फ्रन्टियर कोप्र्सको काफिले राजमार्गमा यात्रा गरिरहेको नुश्की क्षेत्रमा आक्रमण भएको थियो ।

घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताइएको छ । आक्रमणको अनुसन्धान भइरहेको छ ।

प्रतिवन्धित आतङ्ककारी समूह बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मा लिएको छ ।

प्रकाशित मिति २०८१ चैत ३ गते सोमबार ०१:३८
हजुरको प्रतिक्रिया