२०८३ साउन २१ गते बिहीबार

जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर छ – माओवादी सांसद अर्याल

जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर छ – माओवादी सांसद अर्याल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ३ गते सोमबार ०२:५५

उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र कुनैपनि हिसाबले हुन नसक्ने समेत उल्लेख गरिन् ।

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले राजनीतिक दलहरु कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न नसकेका कारण जनतामा व्यवस्थाप्रति वितृष्णा बढ्दै गएको बताएकी छन् ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले विभिन्न कालखण्डमा भएका आन्दोलनहरुमा उत्पिडित वर्गको समस्या समाधान गर्नतर्फ राजनीतिक दलहरुको ध्यान जान जरुरी रहेको बताइन् । उनले राजनीतिक दलको यस्तै प्रवृत्तिको कारण जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर रहको जिकिर गरिन् । उनले व्यवस्थाप्रति सबै राजनीतिक दलहरु सचेत हुन जरुरी रहको बताइन् । उनले संघीयता कार्यान्वयनका विषयमा

समेत प्रश्न उठ्न थालेको भन्दै विचार पुर्याउन सबै राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् ।

उनले भनिन्, ‘कार्यकर्ता पाल्ने प्रवृत्तिबाट हामी माथि उठौं । राज्यलाई सम्बोधन गरौं । देशका जनता र पीडाहरुलाई सम्बोधन गरौं । शान्ती प्रक्रिया हामीले अहिलेसम्म टुंगो लगाउन सकेका छैनौं । आन्दोलन र जनयुद्धका घाइते तथा उत्पिडनमा परेकाहरुलाई कतिको हामीले सम्बोधन गर्यौं ? सरकारले यसको लिष्ट लिएर आएर हामीले यति काम गर्यौं भनेर कहिले सुनाएको छ ? चल्ते चलाते सरकार बनाएको छ फेरि अर्कोले सरकार बनाएको छ । हामी बिग्रियौं । यस्तै हो भने जनता एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर छ । म सबैलाई सचेत हुन अुनरोध गर्न चाहान्छु । हामीले धेरै व्यवस्था परिवर्तन गरेर संघीयता ल्यायौं अब संघीयतामा पनि सवाल उठाउने कुराहरु आइरहेका छन् । के हामी साच्चिकै संघीयता कार्यान्वयन राम्रोसँग गरिराखेका छौं ।’

उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र कुनैपनि हिसाबले हुन नसक्ने समेत उल्लेख गरिन् ।

प्रकाशित मिति २०८१ चैत ३ गते सोमबार ०२:५५
हजुरको प्रतिक्रिया