२०८३ साउन २१ गते बिहीबार

च्याउ खाएर बिरामी भएकामध्ये एकको गयो ज्यान

च्याउ खाएर बिरामी भएकामध्ये एकको गयो ज्यान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ४ गते मंगलबार १२:५१

शुक्रवार बेलुका च्याउ खाँदा १० जना बिरामी परेका थिए ।

तनहुँ ।

तनहुँको व्यास नगरपालिका–६ मा च्याउ खाँदा बिरामी परेकामध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।

म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शुक्रवार बेलुका च्याउ खाँदा १० जना बिरामी परेका थिए ।

नारायणको पोखरामा उपचारका क्रममा हिजो ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । बिरामी परेका नौ जनाको अवस्था भने खतरामुक्त छ ।

सर्वलाङ बस्ने ३० वर्षीय नारायणको बारीमा उम्रिएको च्याउ शान्तिटोल मामाघरमा लगेको र पकाएर खाँदा उनीहरु बिरामी परेका हुन् ।

प्रकाशित मिति २०८१ चैत ४ गते मंगलबार १२:५१
हजुरको प्रतिक्रिया