२०८३ साउन २१ गते बिहीबार

स्ववियु निर्वाचनः द्रव्यशाह बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानल विजयी

स्ववियु निर्वाचनः द्रव्यशाह बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानल विजयी

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ चैत ५ गते बुधबार १०:०२

द्रव्यशाह बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल थियो भने अखिल क्रान्तिकारी, समाजवादी अखिल सहितको अर्को गठबन्धन चुनावी प्रतिस्पर्धामा थिए ।

‎गोरखा ।

गोरखा जिल्लाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा सत्तारुढ दल निकट नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वबियु) गठबन्धनको संयुक्त टीम विजयी भएको छ ।

४ सय २१ मत खसेकोमा नेविसंघका अविन श्रेष्ठले २१६ मत ल्याएर विजयी भए भने अखिल क्रान्तिकारीका सचिन खनालले २०२ मत पाए ।

त्यस्तै सचिवमा नेविसंघका सुप्रिज बस्नेतले २०७ मत पाउँदा अखिल क्रान्तिकारीका एलन गुरुङले २०६ मत ल्याए ।

‎त्यस्तै, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका अनुप सिंखडालाई पराजित गर्दै अनेरास्ववियुका असिम श्रेष्ठ निर्वाचित भएका छन् । सिखंडाले १८३ मत ल्याउँदा श्रेष्ठले २२६ मत ल्याए ।

‎सदस्यमा नेवि संघका युकेन अर्याल, सुमिका घर्ती, सायदा खातुन, सन्दिप कार्की र अनेरास्ववियुका विपना कोइराला विजयी भएका छन् ।

द्रव्यशाह बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल थियो भने अखिल क्रान्तिकारी, समाजवादी अखिल सहितको अर्को गठबन्धन चुनावी प्रतिस्पर्धामा थिए ।

प्रकाशित मिति २०८१ चैत ५ गते बुधबार १०:०२
हजुरको प्रतिक्रिया