२०८३ साउन २१ गते बिहीबार

साफ यू–१९ च्याम्पियनशिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक

साफ यू–१९ च्याम्पियनशिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ५ गते बुधबार १०:०८

सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्नेछ । उक्त खेल आगामी मे ११ तारिखमा हुनेछ । सोही दिन भूटान र बङ्गलादेशबीच पनि प्रतिस्पर्धा हुनेछ । 

नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्ने

पोखरा ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ) यू–१९ च्याम्पियनशिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।

भारतको अरुणाचल प्रदेशमा रहेको युपिया शहरको गोल्डेन जुब्ली स्टेडियममा आउँदो मे ९ देखि १८ तारिखसम्म हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको हो ।

हिजो सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्नेछ ।

उक्त खेल आगामी मे ११ तारिखमा हुनेछ । सोही दिन भूटान र बङ्गलादेशबीच पनि प्रतिस्पर्धा हुनेछ ।

विभिन्न ६ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा नेपालसँगै भारत र श्रीलंका छन् ।

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल मे १३ तारिखमा घरेलु टोली भारतको सामना गर्नेछ ।

१३ तारिखमै हुने अर्को खेल माल्दिभ्स र भूटानबीच हुनेछ । उक्त प्रतियोगिताको समूह ‘ए’ मा भने साविक विजेता बङ्गलादेश, माल्दिभ्स र भूटान छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘बी’ अन्तर्गतका बंकलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटनकै दिन हुने अर्को खेलमा श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता खेल्नेछन् ।

प्रकाशित मिति २०८१ चैत ५ गते बुधबार १०:०८
हजुरको प्रतिक्रिया