काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)ले जागरण अभियान पुनः सुरु हुँदै छ । अभियान सुरु गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु आज (बुधबार) बारा जाँदैछन् ।
अपराह्न ४ बजे अभियान टोलीलाई स्थानीयले स्वागत गर्नेछन् । त्यसपछि बुधबारबाटै कार्यक्रमहरु सुरु हुनेछन् । बिहीबार दिनभर बाराका कार्यक्रममा सहभागी भएर शुक्रबार पर्सा पुग्ने कार्यक्रम छ ।
एक दिन एक जिल्लामा बिताउने र जनतासँग भेटघाट गर्ने अभियान आज बुधबारबाट पुनः सुरु गर्न लागिएको हो ।
७ र ८ गते बारा र पर्साको कार्यक्रम सकिएपछि माओवादी नेताहरुको टोली ९ गते चितवन पुग्ने छ ।
पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गमा केन्द्रित माओवादी केन्द्रको जागरण अभियान बीचबीचमा विश्राम गर्दै अघि बढ्ने छ र सुदूरपश्चिमको कञ्चनपुर पुगेर सम्पन्न हुनेछ ।
प्रकाशित मिति २०८१ चैत ५ गते बुधबार ११:१८