२०८३ साउन २१ गते बिहीबार

काठको मुढाले लागेर वृद्ध महिलाको मृत्यु

काठको मुढाले लागेर वृद्ध महिलाको मृत्यु

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ चैत ५ गते बुधबार ०१:४४

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा ।

गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–४ टुकराङमा काठको मुढा लागेर एक वृद्ध महिलाको मृत्यु भएको छ ।

६९ वर्षीया बिमाया बराम घाँस काट्नका लागि बोरीखर्क जंगल गएकी थिइन् । दिउँसो करिब १ बजे माथिबाट खसेको काठको मुढा लाग्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा करिब ३ बजे बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय जौबारीबाट अनुसन्धान टोली घटनास्थलतर्फ पठाइएको छ। साथै, घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रकाशित मिति २०८१ चैत ५ गते बुधबार ०१:४४
हजुरको प्रतिक्रिया