२०८३ साउन २१ गते बिहीबार

राजसंस्था पुनः फर्काउन खोज्नु दिवा स्वप्न : सांसद ढुंगाना

राजसंस्था पुनः फर्काउन खोज्नु दिवा स्वप्न : सांसद ढुंगाना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ५ गते बुधबार ०२:५६

ढुंगानाले राजनीतिक दलका नेताहरुले एकअर्कालाई दोष मात्रै दिइरहने हो भने देशको अवस्था सिक्किमको जस्तो हुन सक्ने प्रति सचेत गराए ।

काठमाडौं ।

नेपाली काँग्रेसबाट राष्ट्रिय सभा सांसद आनन्दप्रसाद ढुंगानाले नेपालमा पुनः राजसंस्था फर्काउछु भन्नु दिवा स्वप्न भएको बताएका छन् ।

बुधवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताको अधिकार कुण्ठित गर्ने संसारभरका राजाहरु इतिहासमा सिमित भएको बताए । उनले नेपालका राजाहरुले लोकतन्त्रको विरुद्धमा काम गरेको बताउँदै विगतमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र नेपाली जनताले स्वीकार गरेको स्मरण गर्दै उनले राजाले प्रजातन्त्रको विरुद्धमा विभिन्न कदम चालेपछि गणतन्त्र स्थापना भएको बताए । जनतासँग मिलेर बसेका राजसंस्थाहरु अहिले पनि विभिन्न देशमा जिवित रहेको उनको भनाइ छ ।

राष्ट्रिय सभा सदस्य ढुंगानाले राजनीतिक दलका नेताहरुले एकअर्कालाई दोष मात्रै दिइरहने हो भने देशको अवस्था सिक्किमको जस्तो हुन सक्ने प्रति सचेत गराए । उनले राजनीतिक दलका नेताहरु कोही पनि निर्दोष नरहेको भन्दै संयम भएर अघि बढ्नु पर्नेमा जोड दिए ।

राष्ट्रिय सभा सदस्य ढुंगानाले नेपाली काँग्रेस संसदमा ठूलो दल भएर पनि सरकारको नेतृत्व नगरी अरुलाई अवसर दिएको बताउँदै नेपाली कांग्रेसले सत्ताको नेतृत्व गर्नुभन्दा लोकतन्त्रलाई बलियो बनाउनेतर्फ काम गरी रहेको जिकिर गरे ।

प्रकाशित मिति २०८१ चैत ५ गते बुधबार ०२:५६
हजुरको प्रतिक्रिया