२०८३ साउन २१ गते बिहीबार

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ चैत ९ गते आइतबार ११:३७

घटनापछि उनलाई तत्कालै उपचारका लागि गोरखा अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा बिहान ७ः५० बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

गोरखा ।

गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

आइतबार बिहान करिब ७ः३५ बजे आरुघाट गाउँपालिका–६ कल्लेरी निवासी २७ वर्षीय हरि बि.क. डिसहोम नेटको फाइबर मर्मत गर्ने क्रममा बिजुलीको खम्बामा चढ्दा करेन्ट लागी गम्भीर घाइते भएका थिए।

घटनापछि उनलाई तत्कालै उपचारका लागि गोरखा अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा बिहान ७ः५० बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

घटनाबारे थप अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रकाशित मिति २०८१ चैत ९ गते आइतबार ११:३७
हजुरको प्रतिक्रिया