२०८३ कात्तिक ११ गते मंगलबार

इजरायली सेनाद्वारा दक्षिणी लेबनानमा आक्रमण

इजरायली सेनाद्वारा दक्षिणी लेबनानमा आक्रमण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ९ गते आइतबार ०१:१०

लेबनानको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले शनिवार दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको बताएको छ । उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि सीमापार तनाव बढेको हो । टाउलिन, कफर मेल्की, म्लेता र वादी अल–हुजेर...

लेबनानको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले शनिवार दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको बताएको छ ।

उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि सीमापार तनाव बढेको हो । टाउलिन, कफर मेल्की, म्लेता र वादी अल–हुजेर उपत्यका गाउँहरू नजिकैका क्षेत्रहरूमा आक्रमण गरिएको छ ।

टाउलिनमा रहेको एउटा आवासीय भवन ध्वस्त भएको छ । जसमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

यसअघि इजरायली सेनाले लेबनानबाट उत्तरी इजरायली शहर मेतुलातर्फ प्रहार गरिएको रकेटलाई रोकेको बताएको थियो ।

प्रकाशित मिति २०८१ चैत ९ गते आइतबार ०१:१०
हजुरको प्रतिक्रिया