२०८३ साउन २१ गते बिहीबार

सुशासन कायम गर्न अवरोध सिर्जना गरेका कारण सुशसान प्रवद्र्धनसम्बन्धी विधेयकः मन्त्री गुरुङ

सुशासन कायम गर्न अवरोध सिर्जना गरेका कारण सुशसान प्रवद्र्धनसम्बन्धी विधेयकः मन्त्री गुरुङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ९ गते आइतबार ०३:३२

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले विद्यमान कानूनहरुले मुलुकमा सुशासन कायम गर्न अवरोध सिर्जना गरेको कारण सुशसान प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक ल्याइएको बताएका छन् । आईतवार राष्ट्रिय...

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले विद्यमान कानूनहरुले मुलुकमा सुशासन कायम गर्न अवरोध सिर्जना गरेको कारण सुशसान प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक ल्याइएको बताएका छन् ।

आईतवार राष्ट्रिय सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले सरकारले गरेको राम्रो कामको समेत विरोध गर्ने प्रतिपक्षको धर्म भएको उल्लेख गर्दै यसको कुनै ओखति नभएको तर्क गरे ।

उनले सरकारले कति वटा ऐन संशोधन गर्यो भन्दापनि कानूनमा कति धेरै समस्या रहेछ भन्नेकुरा बुझ्न जरुरी रहेको बताए।

उनले योगमाया विश्वविद्यालयको नाम परिवर्तनको विषयलाई सत्तापक्षले फुलमाथिको बुट्टा र सुनमाथिको सुगन्ध जस्तो मानेको उल्लेख गरे ।

उनले भने, ‘सत्तापक्षले योगमाया विश्वविद्यालयको नाम परिवर्तनको विषयलाई फुलमाथिको बुट्टाजस्तो र सुनमाथिको सुगन्ध जस्तै लागिरहेको छ । मेरो उत्तर यत्ति हो यसमा । गलत रहेको देखाइराख्ने त प्रतिपक्षको धर्म नै रहेछ । यसको पनि ओखति छैन जस्तो लाग्छ मलाई । १२ ऐन हामलिे संशोधन गर्यौं । हामी सबैको शत्रु भनेको कुशासन हो । जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न नसक्ने जुन परिस्थिति बनेको छ र विद्यमान कानूनहरुले मुलुकमा सुशासन कायम गर्न नसक्ने जुन खालको अवरोध सिर्जना गरेको छ । वाधा व्यवधान सिर्जना गरेको छ । त्यसकारणले कति वटा ऐन संशोधन गरेर ल्याइयो भन्दापनि कति धेरै समस्या रहेछ भन्नेकुरा बुझ्नुपर्दछ । यति धेरै कानूनहरु सुशासनको लागि वाधक रैछ भनेर हामीले यो विधेयक ल्याएको हो ।’

विधेयकले योगमाया आयुर्वेदिक विश्वविद्यालयको नाम परिवर्तन गरी विदुषि योगमाया हिमालयन आयुर्वेदिक विश्वविद्यालय राख्ने प्रश्ताव गरेको छ ।

प्रकाशित मिति २०८१ चैत ९ गते आइतबार ०३:३२
हजुरको प्रतिक्रिया