२०८३ कात्तिक ११ गते मंगलबार

गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आग्रह

गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १० गते सोमबार ११:५६

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र युरोपेली संघका विदेश मामिला तथा सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि काजा कालासले गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आह्वान गरेका छन् । कायरोमा युरोपेली संघका शिर्ष कुटनीतिज्ञसँगको...

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र युरोपेली संघका विदेश मामिला तथा सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि काजा कालासले गाजा युद्धविराम वार्ता पुनः शुरु गर्न आह्वान गरेका छन् ।
कायरोमा युरोपेली संघका शिर्ष कुटनीतिज्ञसँगको बैठकपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अब्देलाट्टीले गाजा पट्टीमा नागरिकहरू विरुद्ध इजरायली सैन्य कारबाही पुनः शुरु गर्ने कुरालाई अस्वीकार गरे । सबै (इजरायली) बन्दीहरूलाई रिहा गर्ने एक मात्र तरिका वार्ताको टेबलमा फर्कनु र युद्धविराम सम्झौताको पालना गर्नु रहेको उनको जिकिर थियो । उनले जनवरी १९ मा लागू भएको प्रारम्भिक गाजा युद्धविराम सम्झौताको दोस्रो चरणतर्फ द्रुत गतिमा अघि बढ्नुपर्ने आवश्यकतामा पनि जोड दिए ।

प्रकाशित मिति २०८१ चैत १० गते सोमबार ११:५६
हजुरको प्रतिक्रिया