२०८३ साउन २१ गते बिहीबार

निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यकः सभापति देउवा

निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यकः सभापति देउवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १० गते सोमबार ०४:४७

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टी निकट निर्माण व्यवसायीहरुको राष्ट्रिय...

अर्थतन्त्र गतिशिल बनाउन आफ्नो–आफ्नो तर्फबाट भुमिका खेल्नुपर्ने जिकिर

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टी निकट निर्माण व्यवसायीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विश्व अर्थतन्त्र नै जोखिममा रहेको वर्तमान अवस्थामा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिइ २५ लाख भन्दा बढीलाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा रोजगारी दिने निर्माण उद्योगलाई समृद्ध बनाउन जरुरी रहेको बताए ।

उनले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको र निर्माण व्यवसायी ऐन, कानून तथा नियमावली तर्जुमाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले निर्माण व्यवसायीहरुले झेलिरहेका भुक्तानि, निर्माण सामग्रीहरुमा भइरहेको मूल्यवृद्धि, व्यवसायका लागि उपयुक्त वातावरणको अभाव लगायतका विषयमा आफ्नो ध्यानाकर्षण भएको र समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

व्यवसायिक प्रवद्र्धनका लागि निर्माण व्यवसायीहरु प्रविधिमैत्री हुनु आजको आवश्यकता भएको उल्लेख गरे । योजनाहरु तोकिएकै समयमा निर्धारित लागतमै सम्पन्न नहुनु आजको मुख्य समस्या रहेको जिकिर गरे ।

सभापति देउवाले भने, ‘विश्व अर्थतन्त्र नै जोखिममा रहेको वर्तमान अवस्थामा, विश्व अर्थतन्त्रमा नै समस्या आइरहेको अवस्थामा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिइ २५ लाख भन्दा बढीलाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा रोजगारी दिने निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक छ । निर्माण व्यवसायी ऐन, कानून तथा नियमावली तर्जुमाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । यसबाहेक यहाँहरुले झेलिरहनुभएका भुक्तानि, निर्माण सामग्रीहरुमा भइरहेको मूल्यवृद्धि, व्यवसायका लागि उपयुक्त वातावरणको अभाव लगायतका विषयमा पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस समस्याको समाधानका लागि आफ्नो र पार्टीको तर्फबाट हामी लागिरहनेछौँ । व्यवसायिक प्रवद्र्धनका लागि निर्माण व्यवसायीहरु प्रविधिमैत्री हुनु, आजको आवश्यकता पनि हो । योजनाहरु तोकिएकै समयमा निर्धारित लागतमै सम्पन्न नहुनु नै आजको मुख्य समस्या हो । यसका लागि निर्माण व्यवसायीहरुको प्रयास मात्र पर्याप्त हुँदैन । सरकारले पनि प्राथमिकता दिनुपर्छ भन्ने मेरो भनाइ छ । नेपाल निर्माण व्यवसायीहरुले नेपालमा मात्र नभएर विदेशमा उत्कृष्ट काम गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन हामीले सुरुङ मार्ग, रेल सेवा, जलविद्युत क्षेत्र लगायतका निर्माणमा पनि विशेष प्राथमिकता दिनुपर्ने टड्कारो आवश्यकता भएको छ ।’

सभापति देउवाले निर्माण व्यवसायीहरु विकासको संवाहक भएको बताए । अर्थतन्त्र गतिशिल बनाउन आफ्नो–आफ्नो तर्फबाट भुमिका खेल्नुपर्ने जिकिर गरे ।

प्रकाशित मिति २०८१ चैत १० गते सोमबार ०४:४७
हजुरको प्रतिक्रिया