२०८३ साउन २१ गते बिहीबार

फागुन महिनाको ’बेष्ट पुलिस अफ द मन्थ’ प्रहरी नायव निरीक्षक मिलन पन्थ घोषित

फागुन महिनाको ’बेष्ट पुलिस अफ द मन्थ’ प्रहरी नायव निरीक्षक मिलन पन्थ घोषित

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ चैत १० गते सोमबार ०५:४३

कार्यक्रममा प्रहरी उपरीक्षक पाठकले मिलन पन्थको कर्तव्यनिष्ठता र समर्पणको कदर गर्दै उनलाई यो सम्मान दिइएको बताए।

गोरखा ।

जिल्ला प्रहरी कार्यालय गोरखाले फागुन महिनाको उत्कृष्ट प्रहरी कर्मचारीको रूपमा प्रहरी नायव निरीक्षक मिलन पन्थलाई ’बेष्ट पुलिस अफ द मन्थ’ घोषित गरेको छ ।

कार्य सम्पादनका आधारमा निरन्तर उत्कृष्ट प्रहरीको चयन गर्दै आएको जिल्ला प्रहरी कार्यालय गोरखाले यसपटक प्रहरी नायव निरीक्षक पन्थलाई सम्मान प्रदान गरेको हो ।

प्रहरी संगठनको नीति निर्देशन अनुसार तोकिएको जिम्मेवारी र पदिय दायित्वलाई इमानदारी, बफादारी र कर्तव्यनिष्ठाका साथ उत्कृष्ट ढंगले कार्य सम्पादन गरेको कारण उनलाई यस सम्मानबाट पुरस्कृत गरिएको प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

साथै, कार्यालयको वडा एरिया अन्तर्गत घटेका विभिन्न प्रकारका अपराधहरूमा तदारुकताका साथ खटिई, घटनाहरूको सूक्ष्म अनुसन्धान गर्दै अपराध अनुसन्धानलाई प्रमाणमुखी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि कार्यालयले विशेष उल्लेख गरेको छ ।

प्रहरी नायव निरीक्षक मिलन पन्थलाई सोमबार एक विशेष कार्यक्रमका बीच कार्यालय प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरेका छन्।

कार्यक्रममा प्रहरी उपरीक्षक पाठकले मिलन पन्थको कर्तव्यनिष्ठता र समर्पणको कदर गर्दै उनलाई यो सम्मान दिइएको बताए।

प्रकाशित मिति २०८१ चैत १० गते सोमबार ०५:४३
हजुरको प्रतिक्रिया