पोखरा ।
नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) गण्डकीको विस्तारीत बैठक पोखरामा सम्पन्न भएको छ ।
वाईसिएलको तेस्रो राष्ट्रिय सम्मेलनको पूर्वतयारी स्वरुप बैठकको आयोजना गरिएको हो । उद्यमशिलता, नवप्रवर्दन र स्वरोजगारका लागि युवा आन्दोलन, सुशासन, समृद्धी र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन भन्ने मुल नारा साथ २०८२ जेठ १७ देखि १९ गते सम्म वाईसिएलको तेस्रो सम्मेलन काठमाण्डौमा हुदैँछ ।
तेस्रो राष्ट्रिय सम्मेलन केन्द्रित गण्डकी प्रदेश कमिटीको पूर्ण बैठकमा पार्टीका गण्डकी प्रदेश सहइन्चार्ज हरि अधिकारी (कुमार)को प्रमुख आतिथ्यतामा र संगठनको इन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा) को विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो । बैठकमा प्रमुख अथितिले प्रशिक्षण मन्तव्य राख्दै गण्डकी प्रदेश सहइन्चार्ज अधिकारीले युवाहरुलाई संगठनमा जोड्नुपर्नेमा जोड दिए ।
बैठकमा संगठनका इन्चार्ज दिपशिखाले केपि वलि र राजावादि प्रवृत्ति एउटै रहेकाले युवाहरु सचेत रहन आग्रह गरे । वाईसिएलका केन्द्रीय अध्यक्ष सुवोधराज सेर्पालीले सदस्यता नवीकरण तथा वितरण, इकाई गठन, वडा सम्मेलन, पालिका सम्मेलन, जिल्ला सम्मेलनको ठोस कार्यक्रम बनाएर अनिवार्य लागु गर्न आग्रह गरेका छन् ।
बैठकमा संगठनका बरिष्ठ उपाध्यक्ष कसम गुरुङ, उपाध्यक्षहरु र महासचिब गणेश शाहि लगायत जिल्ला तहका पदाघिकारीहरुको उपस्थिति रहेको संगठनका सचिव तथा प्रचारप्रसार विभाग प्रमुख नवराज ऐरले जानकारी दिए ।
प्रकाशित मिति २०८१ चैत १० गते सोमबार ०७:४२




