२०८३ साउन २१ गते बिहीबार

सङ्क्रमणकालीन न्यायका लागि पुनः सिफारिश समिति बनाउन शीर्ष नेता सहमत

सङ्क्रमणकालीन न्यायका लागि पुनः सिफारिश समिति बनाउन शीर्ष नेता सहमत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १० गते सोमबार ०७:५४

समितिको म्याद सकिएपछि सङ्क्रमणकालीन न्यायको प्रक्रिया अवरुद्ध भएको थियो ।

काठमाडौं ।

प्रमुख दलका तीन शीर्ष नेता सङ्क्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन फेरि सिफारिश समिति गठन गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा केहीबेरअघि भएको शीर्ष नेतृत्वको छलफलले सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई वटा आयोगमा पदाधिकारी सिफारिश गर्ने समिति गठनको प्रक्रिया अघि बढाउने सहमति गरेको बैठकपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए ।

यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठन भएको यस्तै समितिले कुनै पनि पदाधिकारीको नाम सिफारिश गर्न सकेको थिएन ।

समितिको म्याद सकिएपछि सङ्क्रमणकालीन न्यायको प्रक्रिया अवरुद्ध भएको थियो ।

सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए ।

यस्तै छलफलमा गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत र खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेल पनि छलफलमा सहभागी थिए ।

प्रकाशित मिति २०८१ चैत १० गते सोमबार ०७:५४
हजुरको प्रतिक्रिया