म्याग्दीको सदरमुकाम बेनीमा म्याग्दी बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।
लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिकोत्सवको अवसरमा क्याम्पसमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो ।
क्याम्पस प्रमुख श्रीधर सुबेदीले सहकारी संस्थाहरूलाई पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारमा मर्यादित र अनुशासित रुपमा सुसञ्चालन गरी मुलुकको समुन्नत समाज निर्माणमा योगदान पुर्याउने बताए ।
त्यस्तै सहकारीकी अध्यक्ष प्रमिला जोशी श्रेष्ठले सहकारीलाई वित्तीय अनुशासन, सुशासन, पारदर्शिता, स्वावलम्बन, सामाजिक उत्तरदायित्व जस्ता मूल्य–मान्यतामा आधारित बनाई आर्थिक विकासमा रचनात्मक कार्यहरुले सघाउने गरी कार्यक्रमहरु भइरहेको बताइन् ।
“मर्यादित सहकारीः समुन्नत समाज” विषयक वक्तृत्वकला प्रतियोगितामा बिबिएस तेस्रो बर्षका सुशिल खत्री प्रथम, बिएड चौथो बर्षका दिवसबाबु शाही द्धितिय र बिबिएस प्रथम बर्षकी आज्ञा पौडेल तृतिय भइन् ।
प्रथम, द्धितिय र तृतिय हुनले क्रमश ५ हजार, ३ हजार २ हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा ६ जना प्रतियोगिको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०८१ चैत ११ गते मंगलबार १२:३९




