२०८३ असोज २६ गते सोमबार

कुलमानलाई हटाएको विरोधमा ऊर्जा मन्त्रीको पुतला दहन

कुलमानलाई हटाएको विरोधमा ऊर्जा मन्त्रीको पुतला दहन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ११ गते मंगलबार ०१:०८

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विरोधमा प्रदर्शन गरेको छ । कार्यकारी निर्देशक घिसिङलाई हटाइएको विरोधमा मंगलबार काठमाडौंको विश्वभाषा क्याम्पसअगाडि एकीकृत समाजवादी निकट जनसंगठनले...

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विरोधमा प्रदर्शन गरेको छ ।

कार्यकारी निर्देशक घिसिङलाई हटाइएको विरोधमा मंगलबार काठमाडौंको विश्वभाषा क्याम्पसअगाडि एकीकृत समाजवादी निकट जनसंगठनले विरोध प्रदर्शन गरेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुतला दहन गर्दै सरकारविरूद्ध नाराबाजीसमेत गरेका छन् ।

घिसिङलाई हटाइएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले समेत विरोध गरेका छन् ।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।

प्रकाशित मिति २०८१ चैत ११ गते मंगलबार ०१:०८
हजुरको प्रतिक्रिया