२०८३ साउन २१ गते बिहीबार

देशमा केही हुन सक्दैन भन्ने भाष्य अब भाषण गरेर मात्र चिर्न सकिँदैनः मन्त्री भण्डारी

देशमा केही हुन सक्दैन भन्ने भाष्य अब भाषण गरेर मात्र चिर्न सकिँदैनः मन्त्री भण्डारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ११ गते मंगलबार ०४:१३

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा विकसित युवा पलायनबारे नकारात्मक भाष्यलाई भाषण गरेर मात्र चिर्न नसकिने बताएका छन् । मंगलवार काठमाडौं टेक्निकल स्कुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मन्त्री...

मुलुकमा उत्पन्न असन्तुष्टि र नैराश्यतालाई बदल्ने जिम्मेवारी र दायित्व वर्तमान सरकारले लिएको समेत मन्त्री भण्डारीको दाबी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा विकसित युवा पलायनबारे नकारात्मक भाष्यलाई भाषण गरेर मात्र चिर्न नसकिने बताएका छन् ।

मंगलवार काठमाडौं टेक्निकल स्कुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मन्त्री भण्डारीले भाषण गरेर मात्रै मुलुकमा केही हुन सक्दैन भन्ने भाष्य चिर्न नसकिने बताएका हुन् ।

उनले मुलुकमा निर्माण भएको गलत भाष्यलाई चिर्न यसपछाडिको यथार्थलाई सुक्ष्म ढंगले अध्ययन गरेर रणनीति बनाउन जरुरी रहेको बताए ।

मुलुकमा उत्पन्न असन्तुष्टि र नैराश्यतालाई बदल्ने जिम्मेवारी र दायित्व वर्तमान सरकारले लिएको समेत मन्त्री भण्डारीको दाबी छ ।

उनले नेपालबाट वैदेशिक रोजगारीमा जानेहरु जस्तै फर्किेनेहरु समेत रहेको बताए ।

मलेसिया, जापान र कोरिया लगायतका देशमा जानेहरु उतै पलायन हुने अवस्था नरेहको समेत जिकिर गरे ।

उनले भने, ‘हामीसँग अत्यन्त ठूलो जिम्मेवारी र दायित्व छ । त्यो जिम्मेवारी र दायित्वको आधारमा अहिले जुन असन्तुष्टि र नैराश्य निर्माण भएको छ त्यसलाई हामीले बदल्नुपर्दछ । त्यसको लागि नेपालबाट वैदेशिक रोजगारीमा जाने नागरिकको त डाटाहरु आएकै छन् । तर वैदेशिक रोजगारीबाट नेपाल फर्केर कति जना आएका छन् भनेर कसैले पनि कुरा गर्दैन । ७० लाख मान्छे वैदिशक रोजगारमा गएका छन् । ति मान्छेहरु कहाँ गए रु फर्केर आइरहेका छन् कि छैनन् रु वैदेशिक रोजगारीमा गएका ४२ लाख नेपाली नागरिकहरु फर्किएर नेपालमा आएका छन् भन्ने तथ्यांक मैले प्राप्त गरेको छु । यसले के देखाउँछ भने आउने जाने क्रम त भइरहेको छ । मलेसिया, जापान तथा कोरियामा जाने ९० प्रतिशत नागरिक रहेका छन् । त्यहाँ पलायन हुने अवस्था छैन । निश्चित समयपछि नेपाल फर्केर आउनैपर्छ । त्यसले मुलुकमा गरिबी घटाउनको लागि ३० प्रतिशत मद्दत ग¥यो भन्ने कुरा आइरहेको छ ।’

वैदेशिक रोजगारीमा जाने नियमित प्रक्रिया भएपनि सिपयुक्त जनशक्ति पठाउने कुरामा सरकारको ध्यान जानुपर्ने उनको तर्क छ । वैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप र ल्याएको पुँजीलाई मुलुकको विकासमा योगदान गर्न लगाउनु सरकारको प्राथमिकता रहेको बताए ।

 

प्रकाशित मिति २०८१ चैत ११ गते मंगलबार ०४:१३
हजुरको प्रतिक्रिया