काठमाडौं ।
चैत्र १५ गते काठमाडौंमा गर्ने जनप्रदर्शनमा उपस्थित हुन समाजवादी मोर्चाले गणतन्त्रवादीहरुलाई आह्वान गरेको छ ।
बुधवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले मोर्चाको तर्फबाट १५ गते हुने जनप्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले मोर्चाको तर्फबाट १५ गते गर्न लागेको प्रदर्शनमा सम्पूर्ण गणतन्त्रवादीहरुलाई उपस्थित हुन आह्वान गरे ।
उनले गणतन्त्रको अभ्यासका क्रमा भएका कमीकमजोरीहरुप्रति जनताले गरेको समर्थन र विरोधको नेताहरुले आत्मसमीक्षा गरिरहेको बताए । उनले नेपालको समाजवादको यात्रालाई रोक्न प्रतिगामीहरुको आन्दोलनमार्फत विदेशी शक्तिले षड्यन्त्र गरेको जिकिर गर्दै नेपाली जनतालाई सचेत हुन आग्रह गरे ।
उनल भने, ‘नेपाली जनताको धेरै ठुलो आन्दोलन र त्यागबाट गणतन्त्र स्थापना भएको हो । यद्यपी गणतन्त्रको अभ्यास गर्ने क्रममा केही लिमिटेसन छन् आफ्नै ठाउँमा । जनताले त्यसमा समर्थन पनि ग¥या छन् र विरोध पनि ग¥या छन् । राजनीतिक पार्टीहरुले पनि महसुस गर्नुभएको छ । र आत्मसमीक्षाहरु पनि चलिरहेर्क छ । पर्सी १५ गतेको कार्यक्रम भनेको प्रतिगमनका विरुद्धमा विदेशी षड्यन्त्रका विरुद्धमा, प्रतिगामी तत्वहरुका विरुद्धमा, यथास्थितिवादीहरुको रवैयाको विरुद्धमा सशक्त आन्दोलनको रुपमा यसलाई सम्पन्न गरौँ भन्ने निर्णय गरिएको छ । यो देशको माया गर्ने सबैलाई राष्ट्रको स्वाधिनताका लागि १५ गतेको कार्यक्रममा सहभागी हुन गणतन्त्रको रक्षा चाहने सबैलाई वामपन्थी, कम्युनिष्टहरुलाई समाजवादी मोर्चाको तर्फबाट विशेष अपिल गर्ने निर्णय गरेका छौँ । देश धेरै अप्ठ्यारो स्थितिमा छ, सामान्य अवस्थामा छैन । सत्ताबाट न्याकिएका साशकहरु जहिले पनि सत्तामा फर्किने कुचेष्ठा गरी रहेकै हुन्छन् । दिवा सपना देखिरहेकै हुन्छन् । राजावादी भन्नेहरु, हिजोका भाइभारदारहरु अहिले सल्बलाइरहेका छन् त्यतिमात्रै ठूलो कुरा छैन । तर विदेशी शक्तिहरुको पनि उनीहरुप्रति कतै न कतै आशक्ति देखिन्छ । कतै न कतै सर्पोट देखिन्छ यो सिरियस छ । त्यसकारणले नेपाली जनता र यो देशको निम्ति गणतन्त्र र लोकतन्त्रका विरुद्ध नेपाली जनाता र यो देशको समाजवादको यात्रालाई रोक्ने षड्यन्त्र कतैबाट हुन्छ भने त्यो हामीलाई सयहै हुँदैन त्यसो भएर आम नेपाली जनतालाई सचेत रहन
प्रवक्ता विश्वकर्माले अग्रगमनको विरुद्धमा हुने सबैखाले क्रियाकलाप सैह्य नहुने बताए । उनले राजनीतिक प्रतिगामीहरुको भ्रममा नेपाली जनता नपर्ने जिकिर गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्ने क्रममा भएका त्रुटी सच्याउँदै जानुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति २०८१ चैत १२ गते बुधबार ०७:२२




