२०८३ साउन २१ गते बिहीबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १३ गते बिहीबार ११:०५

राजविराज । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गएराति पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कञ्चनरुप नगरपालिका–१० बदगामास्थित प्र.२–०२–०१६ प १२५ नम्बरको मोटरसाइकल अनियन्त्रित...

राजविराज ।

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गएराति पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको कञ्चनरुप नगरपालिका–१० बदगामास्थित प्र.२–०२–०१६ प १२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

भारदहबाट कञ्चनपुरतर्फ जाँदै गरेको उक्त मोटरसाइकल दुर्घटनामा चालक कञ्चनरुप नगरपालिका–१२ रुपनगरका २७ वर्षीय विक्रम बञ्जराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बञ्जराको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । दुर्घटनामा जिल्लाको रुपनी गाउँपालिका–४ का ३४ वर्षीय सन्तोष इसर गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ चैत १३ गते बिहीबार ११:०५
हजुरको प्रतिक्रिया