२०८३ साउन २१ गते बिहीबार

पाकिस्तानमा प्रहरी गाडीमा विस्फोटः दुईको मृत्यु, २१ घाइते

पाकिस्तानमा प्रहरी गाडीमा विस्फोटः दुईको मृत्यु, २१ घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १४ गते शुक्रबार १०:४०

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार प्रहरी गाडीमा भएको बम आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने प्रहरीसहित २१ जना घाइते भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । घटना प्रान्तीय राजधानी क्वेटामा भएको र घाइतेमध्ये...

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार प्रहरी गाडीमा भएको बम आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने प्रहरीसहित २१ जना घाइते भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

घटना प्रान्तीय राजधानी क्वेटामा भएको र घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रान्तीय स्वास्थ्य मन्त्रालयका मिडिया संयोजक वसीम बेगले बताएका छन् । व्यस्त बजार क्षेत्रमा नियमित गस्ती गरिरहेका प्रहरी कर्मचारीहरूको गाडी नजिकै एउटा विस्फोटक पदार्थ विस्फोट हुँदा विस्फोट भएको प्रहरीले जनाएको छ ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार १०:४०
हजुरको प्रतिक्रिया