२०८३ साउन २१ गते बिहीबार

पोखरामा ज्यान मार्ने उद्योग मुद्दामा ४ जना पक्राउ

पोखरामा ज्यान मार्ने उद्योग मुद्दामा ४ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १४ गते शुक्रबार ०८:१५

होली पर्वमा लेकसाइडको फुट ट्रयाकमा एक जना व्यक्तिलाई घाइते बनाइ फरार भएको आरोप लागेको सूचना अधिकारी जिसीले बताए ।

पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले ज्यान मार्ने उद्योग मुद्दामा ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा–१५ बस्ने २२ वर्षीय अर्जुन गुरुङ, सोही ठाउँ बस्ने २१ वर्षीय ईरान भनिने प्रितम गुरुङ, सोही ठाउँका २० वर्षीय महेश गुरुङ रहको निवृत्त सूचना अधिकारी इनिस्पेक्टर अविनाश दि जिसीले जानकारी दिए ।

उनीहरु विरुद्ध गत फाल्गुन २९ गते होली पर्वमा लेकसाइडको फुट ट्रयाकमा एक जना व्यक्तिलाई घाइते बनाइ फरार भएको आरोप लागेको सूचना अधिकारी जिसीले बताए ।

उनकाअनुकार ती व्यक्तिलाई भाग्न, उम्कन नपाउने गरि हेल्मेट, मुक्का तथा धारिलो हतियारले प्रहार गरि घाइते बनाइ उनीहरु फरार भएका थिए ।

घाइते बनाएको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदाम कास्कीको प्रहरी टोेलीले अनुसन्धानका क्रममा उनीहरुलाई गत चैत १३ गते पक्राउ गरको हो ।

घटनामा संग्लन रही घाइतेलाई खुकुरी प्रहार गरि फरार भएका चितवन स्थायी घर भई पोखरा बस्दै आएका १९ वर्षीया अरविन परियारलाई पनि पक्राउ गरिएकोे इन्स्पेक्टर जिसीले जानकारी दिए ।

उन आज शुक्रबार प्रक्राउ परेका हुन् । पक्राउ परका चारै जना विरुद्ध जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद लिइ ज्यान मार्ने उद्योगमा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ०८:१५
हजुरको प्रतिक्रिया