२०८३ कात्तिक ११ गते मंगलबार

म्यानमारमा शक्तिशाली भूकम्पमा १० जनाको मृत्यु

म्यानमारमा शक्तिशाली भूकम्पमा १० जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १५ गते शनिबार ०२:१२

म्यानमारको सागाइङबाट १६ किलोमिटर उत्तर–पश्चिममा शुक्रवार ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । १०.० किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा २२।०१ डिग्री उत्तर अक्षांश र ९५।९२...

म्यानमारको सागाइङबाट १६ किलोमिटर उत्तर–पश्चिममा शुक्रवार ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

१०.० किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा २२।०१ डिग्री उत्तर अक्षांश र ९५।९२ डिग्री पूर्वी देशान्तरमा रहेको अनुमान गरिएको छ ।

यङ्गुनमा भूकम्पको धक्का तिब्र रूपमा महशुस गरिएको थियो । उक्त केही भवनहरू भत्किएका छन् र मण्डले र याङ्गुन बीचका धेरै सडकहरू क्षतिग्रस्त भएको संकेत गरेका छन् ।

स्थानीय मिडिया आउटलेट खित थिटकाअनुसार मण्डलेमा एउटा मस्जिद भत्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

ने पि तावको राजधानीमा केही विद्यालय र कार्यालय भवनहरू पनि भत्किएको रिपोर्ट गरिएको छ ।

म्यानमारको राष्ट्रिय विपद् व्यवस्थापन समितिले छ वटा क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरेको छ ।

प्रकाशित मिति २०८१ चैत १५ गते शनिबार ०२:१२
हजुरको प्रतिक्रिया