२०८३ साउन २१ गते बिहीबार

काेपा अमेरिका : ब्राजिलकाे शानदार जित, कोलम्बिया र भेनेजुएलाले बराबरी खेले

काेपा अमेरिका : ब्राजिलकाे शानदार जित, कोलम्बिया र भेनेजुएलाले बराबरी खेले

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ असार ४ गते शुक्रबार १०:५०

पाेखरा । कोपा अमेरिकामा ब्राजिलले लगातार दोस्रो जित हात पार्दा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका छन् । शुक्रबार विहान सकिएको खेलमा आयोजक ब्राजिलले पेरुलाई ४-० गोलले पराजित गरेकाे हाे । ब्राजिलको जितमा एलेक्स सान्द्रो,...

पाेखरा । कोपा अमेरिकामा ब्राजिलले लगातार दोस्रो जित हात पार्दा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका छन् । शुक्रबार विहान सकिएको खेलमा आयोजक ब्राजिलले पेरुलाई ४-० गोलले पराजित गरेकाे हाे ।

ब्राजिलको जितमा एलेक्स सान्द्रो, नेइमार, एभर्टन रिबेइरो र रिचार्लिसनले एक-एक गोल गरे । खेलको १२ मिनेटमा ब्राजिलले अग्रता लिएको थियो । ब्राजिलका लागि एलेक्स सान्द्रोले पहिलो गोल गरे । खेलकाे ६८ मिनेटमा ब्राजिलका लागि नेइमारले डिबक्स बाहिरबाट सुन्दर गोल गरे । फ्रेडले उपलब्ध गराएको पासमा नेइमारले २० यार्ड टाढाबाट आकर्षक गोल गरेका हुन् ।

यस्तै, खेलको ८९ मिनेटमा ब्राजिलले तेस्रो गोल गर्याे । रिचार्लीसनको पासमा एभर्टन रिबेइरोले गोल गरे। याे उनकाे ब्राजिलका लागि पहिलो अन्तर्राष्ट्रिय गोल हाे ।

दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा रिचार्लीसनले ब्राजिलका लागि चौथो गोल गरे । फिर्मिनोको प्रहारलाई पेरुका गोलकिपरले फर्काएकाे रिबाउन्डमा रिचार्लीसनले गोल गरेका हुन् ।

समूह ‘बी’ मा लगातार दोस्रो खेलमा जित हात पारेसँगै ब्राजिलले ६ अंक जोडेको छ।  दोस्रो स्थानको कोलम्बियाको ४ अंक छ । शुक्रबार विहान भएको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेले ।

यसअघि ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३-० गोलले हराएको थियो । अब ब्राजिलले समूहको तेस्रो खेलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति २०७८ असार ४ गते शुक्रबार १०:५०
हजुरको प्रतिक्रिया