२०८३ कात्तिक ११ गते मंगलबार

तीनकुने हिंसात्मक प्रदर्शन : अहिलेसम्म एक सय ११ जना पक्राउ

तीनकुने हिंसात्मक प्रदर्शन : अहिलेसम्म एक सय ११ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १६ गते आइतबार ०९:०७

प्रहरीका अनुसार शुक्रबार १ सय ५ जना र हिजो ६ जना पक्राउ परेका हुन् । शुक्रबारको प्रदर्शनमा दुई जनाको ज्यान जानुका साथै प्रहरी र प्रदर्शनकारीसहित एक सय २८ जना घाइते भएका थिए ।

काठमाडौं ।

गत शुक्रबार काठमाण्डौको तीनकुनेमा पूर्वराजाका समर्थकले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म एक सय ११ जनालाई पक्राउ गरेको छ ।

प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित एक सय ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार १ सय ५ जना र हिजो ६ जना पक्राउ परेका हुन् । शुक्रबारको प्रदर्शनमा दुई जनाको ज्यान जानुका साथै प्रहरी र प्रदर्शनकारीसहित एक सय २८ जना घाइते भएका थिए ।

प्रहरीका अनुसार व्यक्तिगत र सरकारी कार्यालय गरी १८ वटामा तोडफोड भएको छ ।

विभिन्न १२ ठाउँमा आगजनी तथा एक ठाउँमा तोडफोड तथा लुटपाट भएको छ ।

प्रहरीका ६, सरकारी कार्यालयको चार, विवरण नखुलेको ६ गाडी तथा विवरण नखुलेका स्कुटर र मोटरसाइकलसहित ६ वटामा तोडफोड भएको र केही गाडी जलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ चैत १६ गते आइतबार ०९:०७
हजुरको प्रतिक्रिया