२०८३ कात्तिक ११ गते मंगलबार

म्यानमार भूकम्पः १ हजार भन्दा बढीको मृत्यु, २ हजार ३७६ जना घाइते

म्यानमार भूकम्पः १ हजार भन्दा बढीको मृत्यु, २ हजार ३७६ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १६ गते आइतबार ०९:२२

भूकम्पका कारण धेरै छिमेकी देशहरूमा ठूलो हताहत र क्षति पुगेको छ । शनिबारसम्म विपत्तिले म्यानमारमा मात्र १ हजार २ जनाको मृत्यु भएको छ भने २ हजार ३७६ जना घाइते भएका छन् ।

एजेन्सी \सिन्ह्वा ।

गत शुक्रबार म्यानमारको मण्डले क्षेत्रमा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि केही मिनेटमै गएको ६.४ म्याग्निच्युडको परकम्मा परि अहिलेसम्म १ हजार बढी मानिसहरुको ज्यान गएको छ ।

भूकम्पका कारण धेरै छिमेकी देशहरूमा ठूलो हताहत र क्षति पुगेको छ । शनिबारसम्म विपत्तिले म्यानमारमा मात्र १ हजार २ जनाको मृत्यु भएको छ भने २ हजार ३७६ जना घाइते भएका छन् ।

३० जना बेपत्ता रहेको देशको राज्य प्रशासन परिषद्को सूचना टोलीले रिपोर्ट गरेको छ ।

भूकम्पको केन्द्रबिन्दु १५ लाख जनसंख्या भएको देशको दोस्रो ठूलो शहर मण्डलेबाट लगभग २० किलोमिटर टाढा मात्र थियो ।

राष्ट्रिय विपद् व्यवस्थापन समितिले सागाइङ क्षेत्र, मण्डले क्षेत्र, म्याग्वे क्षेत्र, शान राज्यको उत्तरपूर्वी भाग, ने पि ताव र बागो क्षेत्रको राजधानीमा आपतकालीन अवस्था घोषणा गरेको छ ।

 

प्रकाशित मिति २०८१ चैत १६ गते आइतबार ०९:२२
हजुरको प्रतिक्रिया