२०८३ साउन २१ गते बिहीबार

डा. बरालले किन राजीनामा दिए औपचारिक जानकारी मैले पाएको छैनः मन्त्री भट्टराई

डा. बरालले किन राजीनामा दिए औपचारिक जानकारी मैले पाएको छैनः मन्त्री भट्टराई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १६ गते आइतबार ०१:२१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले किन राजीनामा दिएको भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताएकी छन् । आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य...

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले किन राजीनामा दिएको भन्ने बारेमा आफूलाई जानकारी नरहेको बताएकी छन् ।

आईतवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस विषयमा आफू अनविज्ञ रहेको बताएकी हुन् ।

आफूले पनि सञ्चारमाध्यमबाट नै राजीनामाको जानकारी पाएको बताइन् ।

उनले शनिवार बिदा परेकाले आफूसमक्ष सो जानकारी नआएको र आजसम्म आउने विश्वास व्यक्त गरिन् ।

किन राजीनामा दिनुभएको हो भन्नेबारेमा औपचारिक जानकारी नरहेकाले औपचारिक तवरबाट जानकारी पाएपछि मात्रै समितिलाई जानकारी गराउने प्रतिवद्धता जनाइन् ।

मन्त्री भट्टराईले भनिन्, ‘हिजो बिदाको दिन भयो । त्यसकारण आजसम्ममा थाहा हुन्छ । त्यसपछि हामी जानकारी गराउनेछौँ । समितिलाई जानकारी गराउनेछौँ । जसरी यहाँहरुले मिडियामार्फत थाहा पाउनुभयो, मेरो पनि श्रोत त्यही नै हो । किनभने उपकुलपतिले बुझाउनका लागि शिक्षा मन्त्रालय आउन बिदा भयो हिजो । त्यसकारण आज दिउँसोसम्म थाहा होला । मैले अनौपचारिक जानकारी लिने एउटा पक्ष रह्यो । तर मैले विश्वविद्यालयमै जानकारी लिनेकुरा रहन्छ । सहकुलपतिले निर्देशन दिनसक्ने भन्ने मात्रै हो । अरु कुराको सबै जानकारी लिने मात्रै हो । जानकारी अनौपचारिक हिसवाले लिन पाइयो । तर औपचारिक हिसावले कुनैपनि जानकारी हामीसमक्ष नआइपुगेको हुँदा यो बैठकमा जानकारी गराउन सक्दिन । अर्को बैठकमा सबैकुरा बुझेर आइसकेपछि यहाँहरुलाई पुनः जानकारी गरोन प्रतिवद्धता जनाउँछु ।’

उपकुलपति प्रा.डा. बरालले शनिवार विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिएका थिए । उनले बिरामीको कारण देखाउँदै राजीनामा दिएका हुन् ।

प्रकाशित मिति २०८१ चैत १६ गते आइतबार ०१:२१
हजुरको प्रतिक्रिया