२०८३ साउन २१ गते बिहीबार

राजावादीहरु मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा छन्ः सांसद महत

राजावादीहरु मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा छन्ः सांसद महत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १६ गते आइतबार ०४:२८

नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले राजावादीहरुको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् । आईतवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री...

नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले राजावादीहरुको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् ।

आईतवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरङ्शकुश राजा बन्न चाहेको आफूहरुको निस्कर्ष भएको बताए ।

उनले राजावादी समूहहरुको प्रदर्शनका क्रममा उनीहरुलाई जनताको भावनासँग कुनै सरोकार समेत नरहेको देखिएको जिकिर गरे ।

उनले राजावादीहरु मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा रहेको उल्लेख गर्दै निजी सम्पतीमा क्षति पु¥याउने र उत्तेजना फैलाउनेलाई सरकारले कारबाही गर्ने बताए ।

उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न चाहन्छन् भन्ने पनि राजावादीको आन्दोलनले ठाडै अस्वीकार ग¥यो । जुन खालको प्रवृत्ति, क्रियाकलाप र अराजकता देखियो त्यसबाट उनको लक्ष्य भनेको निरङ्कुश राजा नै हुने हो भन्ने निष्कर्ष हाम्रो छ । मुलुक जबरजस्ती कब्जा गर्ने हो भन्ने मानसिकता देखियो । जो त्यो घटनामा संलग्न छन्, तोडफोड गरेका छन्, निजी सम्पतीमा क्षति पुर्याएका छन् र जसले उत्तेजना फैलाएको छ तिनीहरुलाई त सरकारले तथ्य र प्रमाणका आधारमा कारबाही गर्ला ।’

लोकतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था भएको कारण लोकतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ चैत १६ गते आइतबार ०४:२८
हजुरको प्रतिक्रिया