२०८३ साउन २१ गते बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १७ गते सोमबार १०:५६

केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ । पार्टी सभापति रवि लामिछानेले पार्टी जिम्मेवारीमा फर्कंदैछन् । गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत अभियोगमा उनी पक्राउ परेका थिए । त्यसयता पार्टीको कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी)ले सम्हाल्दै आएका थिए ।

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ । पार्टी सभापति रवि लामिछानेले पार्टी जिम्मेवारीमा फर्कंदैछन् ।

गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत अभियोगमा उनी पक्राउ परेका थिए । त्यसयता पार्टीको कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी)ले सम्हाल्दै आएका थिए ।

सभापति लामिछाने जिम्मेवारीमा फर्कने भएपछि अर्यालले धन्यवाद दिने र बैठकको अध्यक्षता गराउने कार्यसूची छ ।

सभापति लामिछानेले अध्यक्षता गर्ने दोस्रो बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ गर्ने कार्यसूची छ ।

त्यस्तै लिडरसिप एकेडेमीको फ्लो चार्ट र जनयात्रा कार्यक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

चौथो कार्यसूचीमा पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहसबारे छलफल गर्ने कार्यसूची छ ।

 

प्रकाशित मिति २०८१ चैत १७ गते सोमबार १०:५६
हजुरको प्रतिक्रिया