२०८३ साउन २१ गते बिहीबार

कमल कोईरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा एसको पार्टी कार्यालयमा

कमल कोईरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा एसको पार्टी कार्यालयमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १७ गते सोमबार ०२:०५

नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सल्लाहकार परिषद् सदस्य कमल कोईरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । सोमवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालयमा कोईरालाको पार्थिव शरीर...

नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सल्लाहकार परिषद् सदस्य कमल कोईरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ ।

सोमवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालयमा कोईरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो ।

पत्रकार, लेखक तथा कुटनीतिज्ञ समेत रहनुभएका कोईरालाको ८७ वर्षको उमेरमा निधन भएको हो ।

पक्षघातपछि उपचारका क्रममा अस्पताल लगिएको थियो । उपचारकै क्रममा कोईरालाको निधन भएको हो ।

श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रिय कार्यालयमा नेकपा (एकीकृत समाजवादी) का नेता÷कार्यकर्ताहरुको भीड लागेको छ ।

श्रद्धाञ्जली दिन पुग्नुभएका पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोईरालाले नेपालको कम्युनिष्ट आन्दोलनमा निर्वाह गर्नुभएको भुमिका महत्वपूर्ण रहेको बताए ।

चुनौतिहरुको सामना गरेर अघि बढ्नुपर्ने कुरा कोईरालाबाट सिक्नुपर्ने उनको भनाइ थियो

अध्यक्ष नेपालले कोईराला पत्रकारकाहरुको पनि आदर्श व्यक्तित्व भएको बताए ।

प्रकाशित मिति २०८१ चैत १७ गते सोमबार ०२:०५
हजुरको प्रतिक्रिया