२०८३ साउन २१ गते बिहीबार

व्यवस्था बलियो बनाउन लोकतन्त्रको सर्भिसिङ आवश्यकः माओवादी सांसद शर्मा

व्यवस्था बलियो बनाउन लोकतन्त्रको सर्भिसिङ आवश्यकः माओवादी सांसद शर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १७ गते सोमबार ०२:४९

नेकपा (नेकपा माओवादी केन्द्र) की सांसद रेखा शर्माले संविधान र वर्तमान व्यवस्थालाई बलियो र सुदृढ बनाउनको लागि लोकतन्त्रको सर्भिसिङ आवश्यक रहेको बताएकी छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । मुलुकमा...

नेकपा (नेकपा माओवादी केन्द्र) की सांसद रेखा शर्माले संविधान र वर्तमान व्यवस्थालाई बलियो र सुदृढ बनाउनको लागि लोकतन्त्रको सर्भिसिङ आवश्यक रहेको बताएकी छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

मुलुकमा सुशासन कायम गर्न सकेमात्र लोकतन्त्र सुदृढ हुने उनको भनाइ छ ।

उनले सरकारमा बसेर भ्रष्ट र बिचौलियाको पक्षमा काम गर्ने कुराले लोकतन्त्र झनझन कमजोर हुँदै जाने बताए ।

उनले वर्तमान सरकार विचौचिया पोस्ने दिशामा अगाडि बढिरहेको आरोप लगाए ।

उनले भने, ‘संविधानलाई बलियो बनाउन, व्यवस्थालाई बलियो र सुदृढ बनाउनको निम्ति लोकतन्त्रको सर्भिसिङ आवश्यक छ । त्यो भनेको के हो त भन्दा सरकारले गर्ने सुशासनका कामहरु हो । सरकारमा बसेर सरकार सञ्चालन गर्ने बेलामा भ्रष्ट र विचौलियाको पक्षमा काम नगर्ने कुराले मात्र लोकतन्त्र बलियो बनाउन सकिन्छ सभामुख महोदय । तर यस्तो हुन सकिरहेको छैन ।’

उनले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको सन्दर्भमा प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै खेद व्यक्त गरे ।

प्रकाशित मिति २०८१ चैत १७ गते सोमबार ०२:४९
हजुरको प्रतिक्रिया