२०८३ साउन २१ गते बिहीबार

संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १७ गते सोमबार ०३:४४

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित गरेको छ । सोमवारको सभाको बैठकले उक्त विधेयकलाई सर्वसहमतिले पारित गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा...

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित गरेको छ ।

सोमवारको सभाको बैठकले उक्त विधेयकलाई सर्वसहमतिले पारित गरेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुभएको थियो ।

उक्त प्रश्ताव सर्वसहमतिले पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरे ।

संवैधानिक परिषदमा सर्वसम्मतिबाट निर्णय हुन नसकेमा अध्यक्ष (प्रधानमन्त्री) र तत्काल बहाल रहेका कम्तीमा सदस्यको ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्ने व्यवस्था विधेयकमा रहेको छ ।

प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारीहरू सिफारिस गर्ने संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष हुन्छन् भने सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य हुन्छन् ।

प्रकाशित मिति २०८१ चैत १७ गते सोमबार ०३:४४
हजुरको प्रतिक्रिया