२०८३ असोज २६ गते सोमबार

सभामुख घिमिरेले संसदमा गराए प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको जानकारी

सभामुख घिमिरेले संसदमा गराए प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको जानकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १८ गते मंगलबार ०१:००

काठमाडौं । प्रतिनिधि सभाको कार्यसूचीबाट गृहमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यक्रमहरू हटाइएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले सांसदहरूले उठाएका प्रश्नको जबाफ दिने कार्यसूची राखिएको थियो। तर राष्ट्रिय...

काठमाडौं ।

प्रतिनिधि सभाको कार्यसूचीबाट गृहमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यक्रमहरू हटाइएको छ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले सांसदहरूले उठाएका प्रश्नको जबाफ दिने कार्यसूची राखिएको थियो। तर राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएसँगै उक्त कार्यक्रम कार्यसूचीबाट हटाइएको हो।

सांसद बोहराको उपचारका क्रममा निधन भएको छ।

मंगलबारको प्रतिनिधि सभाको कारबाही सुरू गर्दै सभामुख देवराज घिमिरेले भने, ‘माननीय सदस्यहरू विशेष कारणवश आजको क्रमसंख्या १ देखि क्रमसंख्या ८ सम्मका कार्यक्रमहरू सूची हटाइएको जानकारी गराउँछु। साथै माननीय गृहमन्त्रीले बोल्नको लागि समय समय माग गर्नुभएकोमा सो समेत हटाइएको व्यहोरा जानकारी गराउँछु।’

संसदको चालु अधिवेशन मंगलबार राति १२ बजेबाट अन्त्य हुँदैछ।

बैठकमा सभामुख घिमिरेले संसदको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने जानकारी सभा समक्ष गराए।

प्रकाशित मिति २०८१ चैत १८ गते मंगलबार ०१:००
हजुरको प्रतिक्रिया