२०८३ असोज २६ गते सोमबार

यी हुन् काँग्रेस सभापति देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरु

यी हुन् काँग्रेस सभापति देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १८ गते मंगलबार ०१:३७

काठमान्डौं । हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभाुमख घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरेका छन् । यसरी धेरै अनुपस्थित हुनेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समेत रहेका...

काठमान्डौं ।

हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभाुमख घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरेका छन् ।

यसरी धेरै अनुपस्थित हुनेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समेत रहेका छन् ।

देउवासहित अधिवेशन अवधिभर विभिन्न कारणहरु देखाउँदै सात जना सांसदहरु १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन् ।

सबैभन्दा बढी अनुपस्थित हुनेमा नेपाली काँग्रेसकी सांसद मनोरमा शेरचन छन् । थेरापी चलिरहेको कारण देखाउँदै उनी २७ बैठकमा अनुपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी गराए ।

सभामुख घिमिरेकाअनुसार प्रतिनिधि सभा सदस्यहरु लिलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७ दिन बैठकमा अनपुस्थित रहेका छन् ।

संसदमा गयल हुने सांसदहरुमध्ये कोही स्वास्थ्य उपचार गराइरहेको र केही विदेश भ्रमणमा रहेको सभामुखले उल्लेख गरे ।

प्रतिनिभि सभाको मंगलवारको बैठकले सांसदहरुको विदा स्वीकृत गरेको छ ।

संघीय संसदको गत माघ १८ गतेदेखि शुरु भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ ।

प्रकाशित मिति २०८१ चैत १८ गते मंगलबार ०१:३७
हजुरको प्रतिक्रिया