२०८३ असोज २६ गते सोमबार

सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गेयर बदल्नुप¥योः सांसद खतिवडा

सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गेयर बदल्नुप¥योः सांसद खतिवडा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १८ गते मंगलबार ०३:३४

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै गेयर बढाउनुपर्ने बताउका छन् । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले सधैं निराशा र कुण्ठित अभिव्यक्ति दिएर...

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै गेयर बढाउनुपर्ने बताउका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले सधैं निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने बताए ।

सरकारले आशाका किरणहरु दिन नसकेको उनको आशय थियो । उनले संसदको हिउँदे अधिवेशन कानून निर्माणमा केही सदसम्म सफल भएको समेत बताए ।

संसद अवरुद्ध पारेर बन्धक बनाउने परिपाटी केही हदसम्म कम भएको उनको भनाइ छ । उनले आफू हिन्दु धर्म मान्ने भएपनि सबैलाई अट्ने र सबैलाई समेट्ने राज्य बनाउन जरुरी रहेको समेत बताए ।

उनले भने, ‘सधैं निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन । आशाका किरणहरु दिन सफल हुनुपर्छ । अहिले सरकार जुन गतिमा गएको छ त्यसमा सबैको चित्त बुझेको छैन । अब गेयर परिवर्तन गर्नुपर्यो । जुन गेयर छ त्योभन्दा माथि गेयरमा जानुप¥यो। म आफू पनि हिन्दु धर्म मान्छु । सबै अट्ने नेपाल बनाउनुपर्छ, सबैलाई समेट्ने नेपाल बनाउनुपर्छ । म त्यो पक्षमा छु ।’

उनले राजावादी समूह सक्रिय भएको उल्लेख गर्दै कोही आवेगमा आउँदैमा सबैले त्यसैगरी अगाडि बढ्न नहुने बताए ।

प्रकाशित मिति २०८१ चैत १८ गते मंगलबार ०३:३४
हजुरको प्रतिक्रिया