एजेन्सी\सिन्ह्वा ।
इटालीको प्रजनन दर २०२४ मा रेकर्ड गरिएको सबैभन्दा कम स्तरमा झरेको छ ।
देशको मुख्य तथ्यांकीय निकायले गत वर्ष इटालीमा लगभग ३ लाख ७० हजार जन्म दर्ता भएको बताएको छ ।
जुन अघिल्लो वर्षको तुलनामा २.६ प्रतिशतले कम हो । मृत्युदर पनि केही घटेको जनाएको छ ।
जुन गत वर्ष ३.१ प्रतिशतले घटेर ६ लाख ५१ हजार पुगेको छ । यसको अर्थ २०२४ मा देशमा जन्मभन्दा २ लाख ८१ हजार बढी मृत्यु भएको थियो ।
जसले गर्दा देशको औसत आयु ८३.४ वर्ष पुगेको छ ।
तथ्यांकअनुसार प्रति १ हजार बासिन्दामा ६ जन्म र ११ मृत्यु भएको थियो । २०२४ मा देशको समग्र प्रजनन दर प्रति महिला १.१८ बच्चामा झरेको तथ्यांकले देखाएको छ ।
जुन स्थिर जनसंख्या कायम राख्न आवश्यक २.१ को प्रतिस्थापन स्तर भन्दा धेरै कम हो ।
घट्दो जनसंख्या प्रवृत्ति, एक्लै बस्ने मानिसहरूको संख्यामा वृद्धिसँगै, इटालीमा औसत परिवारको आकार २.२ जनामा घटेको छ । जुन दुई दशक अघि २.६ थियो ।
इटालीको समग्र जनसंख्या गिरावट आंशिक रूपमा २०२४ मा १ लाख ६६ हजार नयाँ कानूनी विदेशी बासिन्दाहरूको आगमनले अफसेट गरेको थियो ।
यसले जनसंख्याको विदेशी जन्मेको खण्डलाई ५.३१ मिलियनमा पु¥याएको थियो ।
प्रकाशित मिति २०८१ चैत १९ गते बुधबार ०९:४५




