२०८३ साउन २१ गते बिहीबार

स्पेनद्वारा इभि खरिदका लागि प्रोत्साहन योजना बिस्तार

स्पेनद्वारा इभि खरिदका लागि प्रोत्साहन योजना बिस्तार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १९ गते बुधबार ११:१०

स्पेनी सरकारले विद्युतीय सवारी साधन (इभि) खरिदलाई प्रोत्साहन गर्न आफ्नो मुभ्स आइआइआइ योजनाको बिस्तारलाई अनुमोदन गरेको छ । २०२५ को शुरुवातदेखि पूर्वव्यापी रूपमा लागू हुने यो योजना वर्षको अन्त्यसम्म लागू रहनेछ । यसले विद्युतीय...

स्पेनी सरकारले विद्युतीय सवारी साधन (इभि) खरिदलाई प्रोत्साहन गर्न आफ्नो मुभ्स आइआइआइ योजनाको बिस्तारलाई अनुमोदन गरेको छ ।

२०२५ को शुरुवातदेखि पूर्वव्यापी रूपमा लागू हुने यो योजना वर्षको अन्त्यसम्म लागू रहनेछ । यसले विद्युतीय कार किन्ने र आफ्नो पुरानो सवारी साधन स्क्र्याप गर्ने व्यक्तिहरूलाई ७ हजार युरो (७,५६० अमेरिकी डलर) सम्मको अनुदान प्रदान गर्दछ । व्यावसायिक सवारी साधनहरूको लागि सहायता ९ हजार युरोसम्म बढ्छ । योजनाले इभि खरिदका लागि १५ प्रतिशत आयकर कटौती अधिकतम ३ हजार युरोसम्म पनि कायम राखेको छ । मन्त्रिपरिषद्को साप्ताहिक बैठकपछि पारिस्थितिक संक्रमण मन्त्री सारा आगेसेनले यो उपाय घोषणा गरेका थिए ।

युरोपेली वैकल्पिक इन्धन पर्यवेक्षकका अनुसार गत वर्ष स्पेनमा १ लाख ३३ हजार ६९९ विद्युतीय सवारी साधन बिक्री भएका थिए । यद्यपि पूर्ण रूपमा विद्युतीय र प्लग–इन हाइब्रिड सवारी साधनहरूको समग्र दर्ता २०२३ को तुलनामा ३.९ प्रतिशतले घटेको छ । जुन कुल कार बिक्रीको ११.४ प्रतिशत हो ।

प्रकाशित मिति २०८१ चैत १९ गते बुधबार ११:१०
हजुरको प्रतिक्रिया