२०८३ साउन २१ गते बिहीबार

रफाहका बासिन्दाहरू ईदको समयमा भाग्न बाध्य

रफाहका बासिन्दाहरू ईदको समयमा भाग्न बाध्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १९ गते बुधबार ११:१६

विश्वभरका मुस्लिमहरूले खुशी र पारिवारिक जमघटका साथ ईद अल–फित्र मनाउँदै गर्दा दक्षिणी गाजा पट्टीमा रहेको रफाहका बासिन्दाहरूले तिब्र इजरायली सैन्य कारबाही अन्तर्गत आफ्नो घर छोडेर विस्थापनको अर्को लहरको सामना गरिरहेका छन् । इजरायली...

विश्वभरका मुस्लिमहरूले खुशी र पारिवारिक जमघटका साथ ईद अल–फित्र मनाउँदै गर्दा दक्षिणी गाजा पट्टीमा रहेको रफाहका बासिन्दाहरूले तिब्र इजरायली सैन्य कारबाही अन्तर्गत आफ्नो घर छोडेर विस्थापनको अर्को लहरको सामना गरिरहेका छन् ।

इजरायली सेनाले रफाहका ठूला क्षेत्रहरूको लागि नयाँ निकासी आदेश जारी गर्यो । जसले दशौं हजार मानिसहरूलाई असर गरेको छ । खान युनिसको पश्चिममा रहेको अल–मावासीको तटीय क्षेत्र पहिले नै विस्थापित मानिसहरूले भरिएको छ । पर्याप्त आश्रय, खाना र चिकित्सा आपूर्तिको अभाव छ । गाजामा इजरायली हवाई आक्रमण जारी छ । गाजा–आधारित स्वास्थ्य अधिकारीहरूकाअनुसार विगत ४८ घण्टामा स्थानीय अस्पतालहरूमा ८० शव र ३०५ घाइते रेकर्ड गरिएका छन् ।

झोला र आवश्यक सामानहरू बोकेर विस्थापित परिवारहरू रफाहका कच्चा सडकहरूमा यात्रा गर्छन् । उनीहरूको अभिव्यक्ति थकान र निराशाले भरिएको छ ।

प्रकाशित मिति २०८१ चैत १९ गते बुधबार ११:१६
हजुरको प्रतिक्रिया