२०८३ साउन २१ गते बिहीबार

अमेरिकाले घोषणा गरेको नयाँ कर आजदेखि लागू हुने

अमेरिकाले घोषणा गरेको नयाँ कर आजदेखि लागू हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १९ गते बुधबार १२:३१

ट्रम्पको यस नीतिले विश्वव्यापी अर्थतन्त्रलाई असर पार्ने र ठूलो व्यापार युद्ध हुने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना साझेदार र प्रतिद्वन्द्वी देशमा आज बुधबारदेखि नयाँ कर लगाउने तयारी गरेका छन् । उनले बुधबार अप्रिल २ तारिखलाई अमेरिकाको ‘मुक्ति दिवस’ भन्दै एक सम्बोधन कार्यक्रमको आयोजना गरी करको औपचारिक घोषणा गर्दैछन् ।

राष्ट्रपति ट्रम्पले बुधबार स्थानीय समयानुसार दिउँसो ४ बजे रोज गार्डेनमा सम्बोधन गर्ने कार्यक्रम रहेको एजेन्सीले जनाएको छ । त्यसपछि लगत्तै नयाँ कर नीति लागू हुने ह्वाइट हाउसकी प्रेस सचिव कैरोलीन लेविटले बताएकी छन् ।

ट्रम्पको यस नीतिले विश्वव्यापी अर्थतन्त्रलाई असर पार्ने र ठूलो व्यापार युद्ध हुने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकाले बुधबारदेखि घोषणा गर्ने नयाँ कर सबै देशमा लागू हुनेछ । नयाँ कर पहिले नै लागू भइसकेका करहरू बाहेक थप हुनेछ । अमेरिकाले पहिले नै आल्मुनियम, स्टील र गाडीको आयातमा कर लगाएको छ । यसका साथै चीनबाट अमेरिका भित्रिने सबै उत्पादनमा उच्च कर लगाइएको छ ।

प्रकाशित मिति २०८१ चैत १९ गते बुधबार १२:३१
हजुरको प्रतिक्रिया