२०८३ साउन २१ गते बिहीबार

चन्दा संकलन गरी पदमार्ग निर्माण

चन्दा संकलन गरी पदमार्ग निर्माण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १९ गते बुधबार १२:५९

पर्वत । कुश्मा नगरपालिका–३ आम्बोटबासीले चन्दा संकलन गरी पदमार्ग निर्माण गरेका छन् । राजमार्ग भन्दा झण्डै ५०० मिटरमाथि रहेको आम्बोट आधारभूत विद्यालयसम्म जाने बाटो नभएपछि स्वदेश तथा विदेशमा रहेका व्यक्तिले चन्दा संकलन गरेर पदमार्ग...

पर्वत ।

कुश्मा नगरपालिका–३ आम्बोटबासीले चन्दा संकलन गरी पदमार्ग निर्माण गरेका छन् ।

राजमार्ग भन्दा झण्डै ५०० मिटरमाथि रहेको आम्बोट आधारभूत विद्यालयसम्म जाने बाटो नभएपछि स्वदेश तथा विदेशमा रहेका व्यक्तिले चन्दा संकलन गरेर पदमार्ग निर्माण गरेका हुन् । पदमार्ग निर्माणका लागि रु ११ लाख सङ्कलन भएको उक्त विद्यालयका प्रधानाध्यापक मीना गुरुङले जानकारी गराइन् । अङ्ग्रेजी माध्यममा शिशुदेखि तीन कक्षासम्म पढाइ हुने विद्यालयसम्म पुग्नका लागि पदमार्ग निर्माण गर्नुपरेको उनको जिकिर थियो । विद्यालयमा अहिले ३१ जना विद्यार्थी अध्ययनरत छन् ।

वि.सं. २०५२ मा समाजसेवी खड्कबहादुर गुरुङको पहलमा विद्यालय स्थापना भएको थियो । पदमार्ग निर्माणका लागि विद्यालयले गत असोजमा चन्दा संकलन अभियान थालेको थियो । गाउँका स्वदेश तथा विदेशमा बस्ने १०४ जनाबाट रु ११ लाख ४६ हजार सात सय २३ सहयोग संकलन भएको थियो । विद्यालयमा दुई प्रावि स्थायी र दुई जना निजी शिक्षक कार्यरत छन् ।

प्रकाशित मिति २०८१ चैत १९ गते बुधबार १२:५९
हजुरको प्रतिक्रिया