२०८३ साउन २१ गते बिहीबार

राष्ट्रपति युनको महाभियोगको फैसला स्वीकार गर्न आग्रह

राष्ट्रपति युनको महाभियोगको फैसला स्वीकार गर्न आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २० गते बिहीबार १२:००

कार्यवाहक राष्ट्रपतिको रूपमा सेवा गरिरहेका दक्षिण कोरियाली प्रधानमन्त्री हान डक–सूले राष्ट्रपति युन सुक–योलको महाभियोगको बारेमा निर्धारित फैसला स्वीकार गर्न आग्रह गरेका छन् । जुनसुकै निर्णय भएपनि कानूनको शासनको सिद्धान्त...

कार्यवाहक राष्ट्रपतिको रूपमा सेवा गरिरहेका दक्षिण कोरियाली प्रधानमन्त्री हान डक–सूले राष्ट्रपति युन सुक–योलको महाभियोगको बारेमा निर्धारित फैसला स्वीकार गर्न आग्रह गरेका छन् ।

जुनसुकै निर्णय भएपनि कानूनको शासनको सिद्धान्त अनुसार परिणामहरूलाई शान्त र समान रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् । हानले आन्तरिक, न्याय र रक्षा मन्त्रालयका प्रमुखहरू साथै प्रहरी र अग्नि नियन्त्रक एजेन्सीहरूसहित सार्वजनिक सुरक्षासँग सम्बन्धित मन्त्रीहरूसँगको बैठकमा यस्तो आग्रह गरेका छन् ।

कार्यवाहक राष्ट्रपतिले युनको महाभियोगको समर्थन वा विपक्षमा र्यालीहरूमा शान्तिपूर्ण रूपमा आफ्ना विचारहरू व्यक्त गर्न मानिसहरूलाई आह्वान गरे ।

प्रकाशित मिति २०८१ चैत २० गते बिहीबार १२:००
हजुरको प्रतिक्रिया