२०८३ असोज २७ गते मंगलबार

सरकार विद्युत प्राधिकरण र गभर्नरको पछि लागिरहेको छः हितराज पाण्डे

सरकार विद्युत प्राधिकरण र गभर्नरको पछि लागिरहेको छः हितराज पाण्डे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २१ गते शुक्रबार ०३:१९

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भिर त्रुटी भएको बताएका छन् । शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले...

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भिर त्रुटी भएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताएका हुन् ।

उनले प्रदर्शनकारीलाई आन्दोलनका लागि तीनकुने क्षेत्र नै किन दिइएको ? भन्दै प्रश्न समेत गरे ।

उनले अराजकत प्रदर्शनको मुख्य योजनाकार सार्वजनिक गर्न समेत माग गरे ।

उनले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नेभन्दा पनि विद्युत प्राधिकरण र राष्ट्र बैंकको गभर्नरको पछि मात्र लागेको आरोप लगाए ।

उनले वर्तमान सरकार खालि सेटिङको पछि मात्र दौडिरहेको आरोप लाग्ने गरेको समेत टिप्पणी गरे ।

तस्करी रोक्दै जनतामा रहेको निराशा चिर्न सरकारको योजना के छ ? उनको प्रश्न छ । उनले आन्दोलनरत शिक्षक, मिटरब्याज पीडित र सहकारी पीडितहरुका समस्या समाधान गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘सरकार त अहिले विद्युत प्राधिकरण र राष्ट्र बैंकको गर्भनरतिर मात्र लागिरहेको छ । खालि अहिले त सेटिङको कुरा मात्र आइरहेको छ । अलिकति विचौलियाहरुको पनि कुरा आइरहेको छ । मुलुकमा सुशासन कायम गर्ने र जनताको आक्रोस कहाँ छ र त्यसलाई कम गर्ने भन्नेतिर भन्दापनि तस्करीलाई रोक्नेभन्दा पनि सरकार के गरेर बसेको छ रु यसबारे सरकारको के भनाइ हो । जनतामा रहेको निराशा र आक्रोश जुन छ यसलाई सरकारको के योजना छ रु अहिले शिक्षक, मिटरब्याज पीडित र सहकारी पीडित लगायतका आन्दोलनहरु भइरहेका छन् । उनीहरुले उग्र रुप लिएभने त गाह्रो हुन्छ यसबारे सरकारको के भनाइ हो रु ’

उनले कुनैपनि आन्दोलानलाई सामान्य रुपमा लिन नहुने बताए ।

प्रकाशित मिति २०८१ चैत २१ गते शुक्रबार ०३:१९
हजुरको प्रतिक्रिया