२०८३ असोज २७ गते मंगलबार

अर्थ समितिद्वारा सांसद बोहराको निधनमा एक मिनेट मौन धारण

अर्थ समितिद्वारा सांसद बोहराको निधनमा एक मिनेट मौन धारण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २१ गते शुक्रबार ०३:४४

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले समिति सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनमा शोक व्यक्त गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको संसदीय समितिले सांसद बोहराको निधनमा शोक प्रकट गर्दै एक मिनेट समिति...

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले समिति सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनमा शोक व्यक्त गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको संसदीय समितिले सांसद बोहराको निधनमा शोक प्रकट गर्दै एक मिनेट समिति कक्षमा उभिएर मौन धारण गरेको हो ।

सांसद बोहरको चैत्र १९ गते ७४ वर्षको उमेरमा निधन भएको थियो ।

समितिले मृतक बोहराको आत्मका चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

समितिले परिवारप्रति समवेदना व्यक्त गरेको छ । बोहरा अर्थ समितिको सदस्य हुनुहुन्थ्यो ।

प्रकाशित मिति २०८१ चैत २१ गते शुक्रबार ०३:४४
हजुरको प्रतिक्रिया