२०८३ साउन २१ गते बिहीबार

राउटे समुदायका बालबालिकाको शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न माग

राउटे समुदायका बालबालिकाको शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २१ गते शुक्रबार ११:१५

काठमाडौं । विद्यालय तहमा अध्ययनरत तथा अभियन्ता प्रेन्सा रेग्मीले लोपोन्मुख राउटे समुदायका बालबालिकाहरुमा शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न माग गरेकी छन् । पोखराको गण्डकी बोर्डिङ स्कुलकी छात्रा रेग्मीले शुक्रबार...

काठमाडौं ।

विद्यालय तहमा अध्ययनरत तथा अभियन्ता प्रेन्सा रेग्मीले लोपोन्मुख राउटे समुदायका बालबालिकाहरुमा शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न माग गरेकी छन् ।

पोखराको गण्डकी बोर्डिङ स्कुलकी छात्रा रेग्मीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संविधानमा शिक्षा र बालबालिकासम्बन्धी मौलिक हक भएपनि राउटे समुदायका बालबालिका उक्त अधिकारबाट वञ्चित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले राउटे समुदायको बालबालिकाको शिक्षाको सुनिश्चितता गर्न सम्बन्धित स्थानीय सरकारलाई परामादेश जारी गर्न सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरिरहेको समेत बताइन । उनले संविधानमा भएका केही त्रुटि औँल्याउँदै त्यसलाई जरुरी रहेको बताइन् ।

उनले संविधानको धारा २१५ को उपधारा ९ र धारा १०२ मा भएको व्यवस्था अस्पष्ट रहेको दाबी गर्दै तत्काल सच्याउनुपर्ने आवश्यकता रहेको बताइन् ।

प्रकाशित मिति २०८१ चैत २१ गते शुक्रबार ११:१५
हजुरको प्रतिक्रिया